aranikoaabi2035@gmail.com 9843734387
Shree Araniko Basic School श्री अरनिको आधारभूत विद्यालयShree Araniko Basic School Punarbas 2, Aranikobasti स्थापना 2035 B.SPunarbas 2, Aranikobasti Est. 2035 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/परिचयAbout

हाम्रो परिचयAbout Our School

श्री अरनिको आधारभूत विद्यालयShri Araniko Basic School

About school
हाम्रो कथाOur story

विद्यालयको बारेमाAbout school

अशिक्षा र दुर्गमताको भूमरीसँग दलित तथा आदिवासी जनजातीका बासिन्दाहरूले सङ्घर्ष गर्दै आएको यस क्षेत्रमा, शिक्षाको दीप प्रज्वलन गर्ने क्रममा वि.सं. २०३५ साल पौष ६ गतेदेखि श्री मोतीलाल पन्त ज्यूलाई निजी स्रोतबाट तलब भत्ता दिने गरी श्री अरनिको प्रा.वि. को नाममा विद्यालय सञ्चालनमा ल्याइएको थियो। सबैको पायक पर्ने यस ठाउँमा अरनिकोबस्ती, दशरथबस्ती, मोतीबस्ती र ‘ग’ गाउँका बालबालिकाहरूले शिक्षाको पहिलो ढोका खोल्न पाए। आजका कलिला मुनाहरू शिक्षाको ज्योति पाएर चहकिला तारा झैँ उज्यालो छर्ने कुरालाई मनन गर्दै हाल यो विद्यालय निरन्तर कक्षा ८ सम्म सञ्चालनमा रहेको छ।

In this region, where Dalit and indigenous communities have long struggled against the vortex of illiteracy and remoteness, educational efforts began progressively. Starting with adult education and early childhood education, Shree Arniko Primary School was established on Poush 6, 2035 B.S., appointing Mr. Motilal Pant to receive a salary from private sources. Situated in an accessible location, children from Arnikobasti, Dashrathbasti, Motibasti, and "G" village got the opportunity to take their first steps into formal education. Keeping in mind that today's tender buds, ignited by the light of education, will shine bright like stars, the school has continuously expanded and now operates up to Class 8.

भौतिक पूर्वाधार तथा कर्मचारी विवरण: सुरुमा कच्ची कटेरोबाट सुरु भएको विद्यालय हाल पक्की भवन र ३ वटा ट्रष्ट गरी जम्मा ५ वटा भवनमा सञ्चालित छ। तत्कालीन पुनर्वास कम्पनीबाट निर्मित ६ कोठे भवनमा पठनपाठन सुरु भएको यस विद्यालयमा हाल २ वटा नयाँ भवन र जिल्ला समन्वय इकाइको अनुदानबाट निर्मित भवनहरू थपिएका छन्। विद्यालयको नाममा अन्दाजी ४ बिघा जमिन दर्ता रहेको छ भने आवश्यक पानीका धारा, खेलमैदान, २ थान कम्प्युटर, १२ वटा भित्ते कालोपाटी, ९ वटा प्लाईउड सेतोपाटी तथा प्रत्येक कक्षामा आवश्यक फर्निचर र बुक कर्नरको व्यवस्था गरिएको छ।

हाल विद्यालयमा प्रा.वि. दरबन्दीका ५ जना, राहत दरबन्दीका १ जना, नगरपालिकामार्फत अनुदानप्राप्त १ जना, निजी स्रोतका ३ जना शिक्षक, बाल विकासका १ जना र १ जना परिचरसहित जम्मा ११ जना कर्मचारीहरू कार्यरत छन्।

पुनर्वास न.पा.–२, अरनिकोबस्तीका समस्त शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी तथा समाजसेवी महानभावहरूको सक्रियता र श्रमदानबाट सिञ्चित यो विद्यालय स्थानीय बासिन्दाहरूको अमूल्य योगदानको प्रतीक हो।

Infrastructure and Staffing Details: Starting as a makeshift mud hut, the school now operates across a total of 5 structures, including concrete buildings and 3 truss-roofed sheds. Originally, classes were conducted in a 6-room building constructed by the then Punarwas Company. Currently, additional structures include a 2-room building and buildings constructed through grants from the District Coordination Unit. The school owns approximately 4 bighas of land registered in its name, along with a drinking water tap, a playground, 2 computers, 12 wall blackboards, 9 plywood whiteboards, and necessary furniture and book corners in every classroom.

Presently, a total of 11 staff members are working at the school, which includes 5 teachers under primary-level government quotas, 1 under relief quota, 1 municipality-subsidized teacher, 3 private-source teachers, 1 early childhood development (ECD) facilitator, and 1 support staff/helper.

Built through the active participation, cooperation, and voluntary labor (shramdaan) of all teachers, students, parents, education lovers, intellectuals, and social pioneers of Punarwas Municipality-2, Arnikobasti, this school stands as a symbol of the invaluable contributions of the

परिचय अभिलेखOfficial records

संस्थागत विवरणInstitutional Details

हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.

दर्ता नम्बरRegistration No. 201360800
विद्यालय कोडSchool Code 720080004
मार्गदर्शनWhat guides us

दृष्टिकोण, लक्ष्य र मूल्यVision, Mission & Values

दृष्टिकोणVision

गुणस्तरीय, प्रविधिमैत्री र समावेशी शिक्षाको माध्यमबाट भविष्यका सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकहरू उत्पादन गर्ने।

To produce capable, self-reliant, and responsible citizens of the future through quality, technology-friendly, and inclusive education.

लक्ष्यMission

  • बालबालिकाको बौद्धिक, शारीरिक, भावनात्मक र व्यावहारिक विकासलाई प्रोत्साहित गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने।

  • नवीनतम प्रविधि, आधुनिक शिक्षण पद्धति र प्रयोगात्मक विधिलाई सिकाइमा एकीकृत गर्ने।

  • शिक्षक, अभिभावक र स्थानीय समुदायको सक्रिय सहकार्यमा संस्कारयुक्त र सिर्जनशील सिकाइ वातावरण निर्माण गर्ने।

  • To provide quality education by fostering the intellectual, physical, emotional, and practical development of children.

  • To integrate modern technology, innovative teaching methodologies, and experiential learning into daily education.

  • To build a cultured and creative learning environment through the active collaboration of teachers, parents, and the local community.

मूल्यValues

  • गुणस्तर र उत्कृष्टता : उच्च सिकाइ मापदण्ड र सीपमूलक मूल्याङ्कन प्रणाली अपनाउने।

  • समावेशिता: सबै जातजातिका, वर्गका र पछाडि परेका समुदायका बालबालिकालाई समान शैक्षिक अवसर प्रदान गर्ने।

  • संस्कार र अनुशासन : नैतिक शिक्षा, स्थानीय संस्कृति र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने।

  • नवप्रवर्तन र प्रविधि: डिजिटल सिकाइ र प्रयोगात्मक सोचलाई कक्षाकोठामा जोड्ने।

  • सामुदायिक अपनत्व : स्थानीय श्रमदान, सहकार्य र अभिभावकको सक्रिय सहभागितालाई विद्यालयको बलियो आधार मान्ने।

  • Quality & Excellence: Upholding high academic standards and implementing skill-oriented assessment systems.

  • Inclusivity: Ensuring equal educational opportunities for children from all backgrounds, including marginalized and indigenous communities.

  • Values & Discipline: Prioritizing moral education, cultural heritage, and social responsibility.

  • Innovation & Technology: Embracing digital learning and critical, practical thinking in the classroom.

  • Community Ownership: Valuing local participation, voluntary contributions (shramdaan), and strong partnerships with families as the backbone of the school.

इतिहासOur history

विद्यालयको इतिहासSchool History

इतिहास विवरण थपिएको छैन।History entries coming soon.

Shri Basumaya Tamang
प्रधानाध्यपकको सन्देशPrincipal's message

श्री बासुमाया तामाङ्गShri Basumaya Tamang

प्रिय अभिभावक, विद्यार्थी, तथा सम्पूर्ण शुभचिन्तक ज्यूहरुमा अरनिको आधारभूत विद्यालयको आधिकारिक वेबसाइट मा स्वागत छ श्री अरनिको आधारभूत विद्यालयमा हामी विश्वास गर्छौं कि प्रत्येक बच्चामा आफ्नै सम्भावना…Dear parents, students, and all well-wishers, welcome to the official website of Arniko Basic School. At Arniko Basic School, we believe that every child possesses unique potential, and our goal is to…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
Shree Daut Tamang
अध्यक्षको सन्देशChairman's message

श्री दाउत तामाङShree Daut Tamang

प्रिय अभिभावक, विद्यार्थी, तथा शुभचिन्तकहरू, श्री अरनिको आधारभूत विद्यालयमा तपाईंलाई स्वागत छ भन्नमा मलाई ठूलो गर्व र खुशी लागिरहेको छ! यस प्रतिष्ठित संस्थाको अध्यक्षको रूपमा, म यस्तो समुदायको हिस्सा…Dear parents, students, and well-wishers, it fills me with immense pride and joy to welcome you to Shree Arniko Basic School! As the Chairman of this prestigious institution, I feel honored to be part…

पूरा सन्देश पढ्नुहोस् →Read full message →